धनुषामा डुबेर एकै परिवारका दुई दाजुभाईको मृत्यू !
पोखरीमा पानीको सतह बढी भएकोले पौड्न नसकेर डुबेको बताइएको छ ।

२०७६ साउन ८ बुधबार, बेलुकी ५:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उत्तरी पुर्वी धनुषामा एकै परिवारका दुई दाजुभाईको डुबेर मृत्यू भएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बिरेन्द्र बजार बस्ने स्थानीय सबिन लायोका दुई छोराको नजिकै पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घर नजिकै रहेको पोखरीमा नुहाउन गएका अन्दाजी वर्ष १३ का आदित्य लायो र उनकै कान्छो भाई आकाश लायोको डुबेर मृत्यू भएको हो ।
घरबाट नुहाउनको लागि गएका दुबै दाजुभाइको डुबेर मृत्यू भएपछि स्थानीयले परिवारजनलाई जानकारी गराएको थियो । त्यसपछि उनीहरुको शव पोखरीबाट बाहिर निकालेर प्रहरीलाई जानकारी गराएको जनाइएको छ ।
मृतक दुबै जनाको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । पोखरीमा पानीको सतह बढी भएकोले पौड्न नसकेर डुबेको बताइएको छ । यस घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…