जनकपुर : आज महिलाहरुको प्रथम सोमवारी, कत्तै भीड कत्तै खाली
कुमारी महिलाहरुलाई सुन्दर र शुशिल वर पाउने मधेशी मान्यता अनुसार विश्वास रहेको छ ।

२०७६ साउन ६ सोमबार, बिहान ७:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । "सोमवारी व्रत गर्नाले मन चाहे वर पाइन्छ रे "- यो भनाई हरेक वर्ष श्रावण महिनामा निकै प्रचलित हुन्छ ।
मधेशी मुलका महिलाहरु खास गरि विवाहित देखि अविवाहित युवतिहरुले समेत सोमवार व्रत वस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ ।
साउन महिनाको पहिलो सोमबार परेकोले सोमवारी गर्ने व्रतालु महिला तथा युवतिहरुको भीड जनकपुर लगायत आसपासका विभिन्न शिवालयहरुमा देखिएको छ । आकाशे वर्षा कारण विहान शिवालयहरु खाली खाली पनि देखिएको छ । जनकपुरको शिवचोक स्थित रहेको शिव मन्दिर, जनकचोकमा रहेको शिव मन्दिर, कपिलेश्वरनाथ कपिलेश्वर, कुवा मठ लगायत आसापासका क्षेत्रहरुमा रहेको शिवालयहरुमा विशेषत युवतिहरुको भीड लागेको छ ।
मधेश मुलका महिलाहरूले विभिन्न ठाउँमा गई थरीथरीका झारपात र फूलहरू टिपि डालाभरी सजाएर ल्याउने गर्छन् र त्यही फूलपात लिएर बिहान पल्ट नागदेवताको पूजा, भजनकिर्तन गाउने गदर्छन् । यो पर्वको अन्तिम दिन नागको विशेष पूजा गरी पूजाको विसर्जन गरिन्छ ।
हिन्दु धर्मावलम्बीका देवता माता पार्वतीले भगवान शिवलाई पाउनको लागि १६ सोमवार व्रत बसेको मान्यता अनुसार सोमबारी व्रत मनाउने प्रचलत रहिआएको छ ।
यस पर्वमा नागलाई फूल, पान अकन, बेलपत्र, जाहीजुही, निबुको पात, अम्बाको पात, मानक पात, फलफूल, मिठाई, दुध–लावा‘।आदि चढाउने चलन छ । यसरी विशेष रूपमा गरिने यो पूजालाई भक्ति भावले गरेपछि नागदेवता प्रसन्न हुन्छन् र पतिलाई दिर्धायू र घरपरिवारलाई कल्याण गर्छन् भने कुमारी महिलाहरुलाई सुन्दर र शुशिल वर पाउने मधेशी मान्यता अनुसार विश्वास रहेको छ ।
केही वर्षअिघसम्म मात्र सोमवारी व्रतको सहि अर्थमा लिइएपनि अहिले आधुनिकतासँगै सोमवारी व्रतको मौलिकता समेत हराएको छ । सोमवारी व्रत बस्ने युवति तथा महिलाहरु अपरान्ह मात्र शिवालय जाने प्रचलनलाई लात हान्दै एका विहानैदेखि शिवालय जान सज्जिएर तयार भएकी हुन्छन् । शिवालय जान सादा एवम् गेरुवा वस्त्र धारण गरी मात्र जाने प्रचनलाई पनि मात दिदै अहिले आधुनिकतामा तल्लिन भएका किशोरी, युवति महिलाहरुको व्रत प्रणाली बेग्लै हेर्न मिल्छ ।
केही वर्ष अघिसम्म एक ठोस लक्ष्य लिएर सोमवारी व्रत बस्ने गरेकी युवति, महिलाहरु अहिले मात्र दिखावाको लागि सोमवारी व्रत बस्ने गरिन्छ । कसैको उक्साहट, दिखावा र शैली प्रदर्शनको लागि पनि सोमवारी व्रतलाई जरिया बनाउने गरिएको देखिएको छ । सुन्दर र शुशिल वरको लागि कामना गर्ने युवतिहरु अहिले बेग्लै शैलीले पूजाआजा गर्ने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…