आरक्षण बचाऔं आन्दोलन : भोलि देशैभर विरोधसभा र पुतला दहन, यस्तो आह्वान !
देशभर भोलि हुन लागेको विरोध सभा तथा पुतला दहन कार्यक्रममा सहभागिताको लागि सबैमा आह्वान गरिएको छ ।

२०७६ साउन २ बिहीबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लोकसेवा आयोगको विज्ञापन विरुद्ध जारी 'आरक्षण बचाऔं आन्दोलन' अन्तर्गत भोलि (शुक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुतला दहनको तयारी गरिएको छ ।
लोकसेवा आयोगले समावेशीतालाई कुल्चेर विज्ञापन गरेको भन्दै विज्ञापन खारेजीको माग गर्दै जारी आन्दोलन अन्तर्गत भोलि ३ गते देशैभर विरोध सभाको आयोजन गरेर पुतला जलाइने तयारी गरिएको हो ।
असंवैधानिक तथा असमावेशी विज्ञापनको विरोधमा टिएमएनसी र अन्य पहिचानवादी संघ संगठनहरुको अगुवाईमा भइरहेको चरणबद्ध आन्दोलनलाई निरन्तरता दिँदै भोलि देशभर विरोध सभा तथा पुतला दहन गर्न लागेको टिएमएनसीका सदस्य काशिन्द्र यादवले जानकारी दिए ।
भोलिको कार्यक्रमको लागि समाजिक सञ्जाल मार्फत् प्रचारप्रसार तीव्र पारिएको छ । देशैभर विभिन्न जिल्लाको विभिन्न स्थानमा आयोजन हुने विरोध सभा तथा पुतला दहन कार्यक्रममा सहभागिताको लागि आन्दोलन समितिले सबैमा आह्वान गरेको छ ।
आन्दोलन समितिले जनाए अनुसार, यो कार्यक्रम सिरहा सदरमुकाम र पूर्वपश्चिम राजमार्गमा पर्ने गोलबजारमा समेत आयोजना हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…