धनुषामा दुई मोटरसाईकल ठोक्किँदा एकको मग्गज फाट्यो, २ घाईते !
तीव्र गतिका कारण भयानक दुर्घटना हुन पुगेको जनाइएको छ ।

२०७६ साउन २ बिहीबार, दिउँसो २:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजना गम्भीर घाईते भएका छन् भने अर्का एकजना सामान्य घाईते भएका छन् ।
धनुषाको हंसपुर नगरपालिकास्थित जनकपुर–यदुकुहा सहिद पथमा बिहीबार दिउँसो दुईवटा मोटरसाईकल एकापसमा ठोक्किँदा मोटरसाईकल चालक दुबैजना घाईते भएका हुन् ।
जनकपुरदेखि यदुकुहा तर्फ जाँदै गरेको ज. १० प. ९१५० नम्बरको पल्सर मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको ज. १० प. ३५९२ नम्बरको शाईन मोटरसाईकल एकापसमा ठोक्किँदा पल्सर गाडीका चालक गम्भीर घाईते भएका छन् । उनको मग्गजमा गम्भीर चोट लागेको छ भने अवस्था नाजुक रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार, उनको मग्गजै फाटेको छ भने मुखको सबै दाँत पनि भाँचिएको जनाइएको छ ।
शाईन गाडीका चालकको अवस्था भने सामान्य रहेको बताइएको छ । घाईते दुबैको नाम खुल्न बाँकी रहेको छ भने उनीहरु दुबैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
तीव्र गतिका कारण भयानक दुर्घटना हुन पुगेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…