धनुषा : दाजुभाईको दियादी झगडामा ४ घाईते, एक काठमान्डौं रिफर !
विवाद उग्र भएपछि इट र ढुँगाले हानाहान भएको प्रहरीले जनाएको छ ।

२०७६ साउन १ बुधबार, राति ८:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई दाजूभाईबीच भएको झगडामा एक जना गम्भिर घाईते भएका छन् ।
धनुषाको विदेह नगरपालिका वडा नं. ६ गिद्धा पश्चिमबारी टोलमा दुई दाजुभाईबीच जग्गाको विवाद हुँदा कुटाकुट भएपछि एक जना गम्भिर घाईते भएका हुन् । प्रहरी कार्यालय तिनकौरिया बेलापट्टिका सहायक प्रहरी नीरिक्षक (असई) सुरेन्द्र पासवानले जानकारी दिए । जग्गा बाँडफाँड भएपनि स्थानीय शिवशंकर महतो (दाजु) र अरुण महतो (भाई) बीच जग्गा विवाद उग्र भएपछि हानाहान भएको जनाइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, -"केही बर्ष अघि नै दुवै दाजुभाईबीच जग्गाको अंश बाँडफाँड भएको थियो, आज शिवंकर महतोले बार (टाट) लगाउन खोजेपछि दुवै जनाबीच भनाभन सुरु भएको थियो । भनाभनमै विवाद उग्र भएपछि दुवै तर्फबाट ४ जना घाईते भएका छन् । दुवै तर्फबाट चोट लागेको छ । दुई जनालाई स्थानीय स्तरमै उपचार गराएर घर फर्काइएको छ भने दुई जनालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छु । "
जग्गाको बीचमा बारm (टाट) लगाउने बिषय भनेपनि अरुणले आफ्नो जग्गामा बर्षाको (घरको छानाको पानी) पानी खसालिरहेकोले विवाद भएको बताइएको छ । विवाद उग्र भएपछि इट र ढुँगाले हानाहान भएको प्रहरीले जनाएको छ । शिवशंकर महतोको घुंडामा गम्भिर चोट लागेको छ भने उनकी श्रीमति अन्दाजी बर्ष ४७ की विना देवी महतोलाई टाउकोमा गम्भिर चोट लागेपछि आधा दर्जन टाँका लगाइएको हो ।
अरुण महतोलाई पनि समान्य चोट लागेको छ भने उनकी पत्नी अन्दाजी बर्ष ३६ की सरिता देवी महतोलाई समेत चोटपटक लागेको र उपचारपछि घर फर्केको जनाइएको छ । "घाईते दुवै पक्षबाट भएको छ । अहिलेसम्म कुनै पक्षबाट उजुरी वा निवेदन आएको छैन । प्रारम्भिक जानकारी अनुसार ४ जना घाईते भएकोमा दुई जनालाई जनकपुर पठाएको छु । अन्य थप जानकारी भएन ।" - सई पासवानले भने ।
यता, घुंडामा गम्भिर चोट लागेर उपचार गराउन जनकपुर अञ्चल अस्पताल आएका शिवशंकर महतोको घुंडाको हाड भाँचिएको बताइएको छ । उनको गम्भिर चोटका कारण उनलाई थप उपचारको लागि काठमान्डौं पठाइएको परिवारि श्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…