सिरहाका यी बाढीपीडितहरु ४८ घण्टापछि खान पाएर भावुक भए !
आइतबार नगर प्रमुख पासमानले कर्जन्हा नगरपालिका ३ का ५५ घर परिवारहरुलाई त्रिपाल वितरण गरे ।

२०७६ असार ३० सोमबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । बाढीका कारण दुई दिन अर्थात ४८ घण्टादेखि भोकभोकै बसेका बाढीपीडितहरु भात खान पाएपछि भावुक बने ।
सिरहाको कर्जन्हा नगरपालिकाको बाढी पिडितहरु दुई दिनपछि आईतबार खाना (भात) खाएका छन् । बाढी पिडितहरुलाई कमला देवी समुदाय वन उपभोक्ता समुह कर्जन्हा नपा २ र ३ ले खाना खुवाएएको हो । समूहका अध्यक्ष लालबाबू यादवले निरन्तर बाढी पिडितहरुलाई उद्धार गर्न खटेको जानकारी दिए ।
पाँच दिनदेखि निरन्तर वर्षा हुँदा कर्जन्हा नगरपालिका ३ का ६० घर डुबानमा परेका थिए भने बाँकी वडाहरुमा समेत बाढीको प्रभाव परेको वडाध्यक्ष कपिलेश्वर यादवले जानकारी दिए । बाढीले त्यहाँका १० भन्दा अधिक घर बाढीले भत्काएको छ ।
बाढीपिडितहरुलाई ध्यानमा राख्दै कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान त्रिपाल लिएर घरघरमा पुगेको छ । आइतबार नगर प्रमुख पासमानले कर्जन्हा नगरपालिका ३ का ५५ घर परिवारहरुलाई त्रिपाल वितरण गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…