राहत वितरण अगाडि बढाउन मुख्यमन्त्री राउतको निर्देशन
यसअघि विपद् व्यवस्थापन समितिलाई तत्काल १०÷१० लाख तथा मृतक परिवारलाई ३ लाख दिने निर्णय गरेको थियो ।

२०७६ असार २९ आइतबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित समक्ष राहत पुर्याउने कार्यलाई प्रभावकारी तरिकाले अगाडी बढाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरुलाई सर्वसाधारणको उद्धारपछि अब राहत वितरण कार्यमा जोडतोडले लाग्न निर्देशन दिएका हुन् ।
विपद व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसित गरेको आजको बैठकमा राहत वितरणमा जुट्न निर्देश गरेको हो ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए भने विपद व्यवस्थापनमा खटेका सुरक्षा निकायका लागि लाईफ ज्याकेट, सोलार चार्जर उपकरण, रबर बोट लगायतका उद्धार सामाग्रीको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।
प्रदेश सरकारले यसअघि राहत वितरणको लागि ८ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्काल १०÷१० लाख तथा मृतक परिवारलाई ३ लाख राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…