कमला सुरक्षाको लागि उद्धार टोली स्टेण्डवाय बसेको छ : अधिकृत यादव
नगरवासीलाई सुरक्षाको लागि कमला नगरपालिकाका जनप्रतिनीधि र सुरक्षा निकाय समन्वय गरेको उनले थपे ।

२०७६ असार २८ शनिबार, राति ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा र सिरहा जोडने कमला नदीमा पानीको बहाब उच्च भएपछि सुरक्षा निकायका टोली एवम् नगरपालिकाका उद्धार टोली पनि तैनाथ गरिएको जनाएको छ ।
कमला नदीको छेउमै रहेको धनुषाको कमला नगरपालिकाको प्रभावित वडाहरुको लागि उद्धार टोली तैनाथ गरिएको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले बताए । यादवका अनुसार, नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ कमला नदीको लगत्तै परेकोले खतराको अलर्ट पनि जारी गरिसकेको छ ।
कमला नगरपालिकाको वडा नं. ४ सघारा, वडा नं. ५ टरिया लक्कड, वडा नं. ६ चुम्का चौक र वडा नं. ७ हथमुण्डामा हाई अलर्ट जारी गर्दै स्थानीयवासिन्दालाई परेको बेला सुरक्षित स्थान तर्फ जान सूचना जारी गरिसकेको उनले बताए । नगरपालिकाको जेसिबी सहित दुई वटा जेसिबी थप गरी स्टेण्बाय राखिएको जनाए ।
उनले भने, - "प्रभावित वडाका वडाध्यक्षहरुले आफ्ना तर्फबाट कर्मचारी तथा उद्धार टोली बनाएर तैनाथ गरेको छ । कमला नगरपालिकाको यी वडाहरुको अवस्था अहिले समान्य रहेको छ तर पानीको सतह कमला नदीमा बढदै जाँदा खतरा उत्तिकै बढदै गएको अवस्था छ । हालाकी अहिलेसम्म कुनै प्रकारको क्षति नभएपछि जति बेला पनि क्षति हुन सक्ने सम्भावना रहेको छ । त्यहाँका सर्वसाधारणहरुले सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै आफै पनि तयारी अवस्थामा बसेका छन् ।"
कमला नगरपालिकाको छेउका गाउँ बस्तीहरुको अवस्था अहिले समान्य तथा कमला नदीबाट प्रभावित नभएको भन्दै पानीको सतह कमला नदीमा झन बढे खतरा मण्डराएको पनि अधिकृत यादवले थपे । नगरवासीलाई सुरक्षाको लागि कमला नगरपालिकाका जनप्रतिनीधि र सुरक्षा निकाय समन्वय गरेको उनले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…