पानीमा डुब्दै सिरहा करागारका कैदी !
पानी पसेका कारण कैदी वन्दीहरुलाई खाना पकाउन, बस्न, सुत्न तथा शौच गर्न समेत समस्या भएको छ ।

२०७६ असार २८ शनिबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । निरन्तरको अविरल वर्षाका कारण सिरहा करागारमा रहेका कैदीहरुको विजोग भएको छ ।
बुधबारदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सिरहा करागार डुवानमा परेको हो । वर्षाको पानीले करागार जलमग्न बनेको छ भने माथिबाट समेत चुहिरहेछ ।
कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहमा समेत पानी प्रवेश गर्दा पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको हो । पानीको उचित निकास नभएर करागार परिसर तालमा परिणत भएको छ ।
पानी पसेका कारण कैदी वन्दीहरुलाई खाना पकाउन, बस्न, सुत्न तथा शौच गर्न समेत समस्या भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…