महेन्द्रनगर-शान्तिपुर पूल भत्कियो
सवारी आवागमन गर्न खतराभन्दा खाली नहुने जनाउँदै गाउँलेहरु विकल्पको खोजी गरिरहेका छन् ।

२०७६ असार २८ शनिबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरदेखि औरहा जाने बाटो जोडने पूल भत्किएपछि भित्र आवतजावत बन्द भएको छ ।
धनुषाको औरही खोलामा निर्मानाधिन सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्नेपूल भत्किएको हो । झण्डै ६ वर्षदेखि रोशन कन्ट्रक्सनले निर्माण गर्दै आएको उक्त पूल अधुरै अवस्थामा भत्किएको हो ।
अविरल वर्षासंगै आएको बाढीले उक्त निर्माणाधिन पूल शुक्रबार राति नै भत्किएको जनाइएको छ । उक्त पूललाई ६ वर्ष अघि बर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले शिलान्यास गरेका थिए । पूल भत्किएपछि त्यो सडखण्ड भएर जोडने अन्य गाउँबाट प्रवेश तथा निकासको बाटो पनि बन्द भएको हो ।
खोलामा बाढी आएको कारण सर्वसाधारण सहित सवारी आवागमन गर्न खतराभन्दा खाली नहुने जनाउँदै गाउँलेहरु विकल्पको खोजी गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…