मन्दिरको महन्थको मृत्यू भोजमा आर्लिए हजारौं साधुसन्त
मन्दिरको पहिचानलाई थप उचाईमा पुर्याउने विश्वाससहित उनलाई कुट्टीको अधिकारीको जिम्मेवारी दिइएको जनाइएको छ ।
२०७६ असार ११ बुधबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आधुनिकता बढ्दै जाँदा युवा पुस्ताले धर्मकर्ममा बढी चाँसो नराखेको देखिन्छ । बढ्दो आधुनिकताले युवा पुस्तामा धार्मिकताको कमि देखिएपनि प्रदेश २ को एक ठाउँमा भएको साधु भेलाले धर्मको महत्व कति छ भन्ने कुराको पाठ दिएको छ ।
प्रदेश २ कै प्रमुख धार्मिक आस्थाको केन्द्र मध्येको एक मानिएको सिरहाको कर्जन्हा नगरपालिका १ मा अवस्थित उत्तरवाहिनीको काँखमै रहेको नन्दमोहरी मन्दिरमा मंगलबार करिब ११ हजारबढी साधुसन्तले सहभागिता जनाएका छन् ।
धार्मिक तथा पौराणिक महत्त्व बोकेको नन्दमोहरी कुट्टी (मन्दिर) का महन्थको स्वर्गवासको १३औं दिनमा आयोजित विशाल भोजमा आमन्त्रित भएर प्रदेश २ र प्रदेश १ समेतका झण्डै ११ हजारभन्दा बढी साधु सन्तले सहभागिता जनाएका हुन् ।
कुट्टीका तत्कालीन महन्थ हरि दासको किरियाको अन्तिम दिन आयोजित भोजमा प्रदेश २ र १ गरि १० जिल्ला बढीका साधुसन्तलाई आमन्त्रण गरिएको थियो । आयोजित विशाल भोजमा भारी संख्यामा सहभागी साधुहरुले जलपान गर्दै प्रसन्न देखिए ।
विशाल भोजमा उपस्थित सन्तहरुका बीच सो कुट्टीको महन्थमा लक्ष्मीनारायण दासलाई चयन गरिएको छ । उनी सो कुट्टीका १०औं महन्थका रूपमा चयन भएका हुन् । यसअघि ९ जना महन्थ रहिसकेका छन् । महन्थमा चयन भएका लक्ष्मीनारायण स्व। हरि दासका चेला हुन् ।
मन्दिरको पहिचानलाई थप उचाईमा पुर्याउने विश्वाससहित उनलाई कुट्टीको अधिकारीको जिम्मेवारी दिइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…