महोत्तरीको औरही नपा कार्यालयमा उपमेयरकै नेतृत्वमा तोडफोड, एक घाईते !
मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको जनाइएको छ ।

२०७६ असार ८ आइतबार, बिहान ११:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपमेयरकै नेतृत्वमा तोडफोड गरिएको छ ।
नगरपालिकाकी उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक समूहले शनिबार राति कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।
कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको जनाइएको छ ।
कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको नगरप्रमुख सुनिलकुमार यादव बताउँछन् ।
कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षको राजपाका ज्ञानु झा घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…