सांसद रेशम चौधरीको खुट्टामा जंजिरले बाँधेर उपचार !
राज्यको यस्तो व्यवहारप्रति मानव अधिकारकर्मी तथा अगुवाहरुले सामाजिक सञ्जालमार्फत् आपत्ति प्रकट गरिरहेका छन् ।

२०७६ असार ६ शुक्रबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद रेशम चौधरीको खुट्टामा जंजिरले बाँधेर उपचार भइरहेको छ ।
मधेश÷थरुहट आन्दोलनका बेला टीकापुरमा भएको घटनाको अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका सांसद चौधरीलाई अस्पतालमा समेत जंजिरले खुट्टा बाँधी उपचार भइरहेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित सांसद रेशम चौधरीको फोक्सो र बोनम्यारोमा समस्या भएपछि अस्पताल ल्याइएको हो । सांसद चौधरीलाई हिजो (बिहीबार) दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
सांसद चौधरीको स्वास्थ्य अवस्था एकदमै कमजोर देखिएको छ भने उनको सर्वसाधारण झैँ वार्डमा राखेर उपचार भइरहरेको छ ।
टीकापुरको घटनामा आफ्नो संलग्नता नरहेको भन्दै उनी आफै कैलाली जिल्ला अदालतमा उपस्थित भएर गिरफतारी दिएका थिए । त्यसपछि अदालतले उनलाई दोषी करार दिँदै जन्मकैदको फैसला सुनाएको हो ।
राज्यको यस्तो व्यवहारप्रति मानव अधिकारकर्मी तथा अगुवाहरुले सामाजिक सञ्जालमार्फत् आपत्ति प्रकट गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…