सिरहामा लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रदर्शन !
बिज्ञापन तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

२०७६ असार ५ बिहीबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लोकसेवा आयोगको विज्ञापन विरुद्ध सिरहामा प्रदर्शन गरिएको छ । कर्जन्हा युवा सँजालले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको बन्दिपुरमा प्रदर्शन गरेको हो ।
लोकसेवा आयोगले आरक्षण कोटा हटाएको भन्दै चौतर्फी विरोधका बाबजुद पनि सरकार आफ्नो अडान कायमै राखेपछि युवाहरु एक्सनमा उत्रिएका हुन् ।
लोकसेवा आयोगले समावेशी सिद्धान्तलाई खिल्ली उडाउँडै र विभेदपूर्ण बिज्ञापन निकालेको भन्दै विरोधमा उत्रिएको संजालका क्षेत्रलाल जीत सिंहले जानकारी दिए ।
लोकसेवा आयोगले जारी गरेको बिज्ञापन तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
विरोध कार्यक्रममा युवाहरुको जोडदार सहभागिता थियो भने स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले पनि समर्थन जनाएका थिए ।
लोकसेवा आयोगको बिज्ञापन असंवैधानिक रहेकोे भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले आफ्नो अडान कायमै राखेको छ भने मधेशमा आन्दोलनका कार्यक्रमहरु निरन्तर हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…