सर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला ईन्चार्ज मारिए !
जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको प्रवक्ता पाखरेलले जानकारी दिए ।

२०७६ असार ५ बिहीबार, दिउँसो ४:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा प्रहरीले विप्लवका कार्यकर्ता उपर गोली चलाएको छ । विप्लवका कार्यकर्ता र प्रहरीबीचको भिडन्तमा प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेका छन् ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेलले दिएको जानकारी अनुसार, लालबन्दीमा दुई मोटरसाईकलमा आएका चारजना विप्लवका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएपछि प्रहरीले कारवाही गरेको हो ।
विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको प्रवक्ता पाखरेलले जानकारी दिए ।
घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । नम्बर नखुलेको एफजेड बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।
पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…