SYN ले जलायो लोकसेवाको बिज्ञापन, कडा संघर्षमा जाने चेतावनी !
आयोगको बिज्ञापन असंवैधानिक रहेकोे भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले आफ्नो अडान कायमै राखेको छ ।

२०७६ असार ३ मंगलबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरुको संगठन सिरहा युवा संजाल (एसवाईएन) ले लोकसेवा आयोगले गरेको बिज्ञापन जलाएका छन् ।
एसवाईएनले सिरहाको गोलबजारस्थित पूर्वपश्चिम राजमार्गमै मंगलबार आयोगको बिज्ञापन जलाउनुका साथै बिज्ञापनविरुद्ध प्रदर्शन समेत गरेका छन् ।
लोकसेवा आयोगले आरक्षण कोटा हटाएको भन्दै चौतर्फी विरोधका बाबजुद पनि सरकार आफ्नो अडान कायमै राखेपछि संजालका युवाहरु एक्सनमा उत्रिएका हुन् ।
लोकसेवा आयोगले समावेशी सिद्धान्तलाई खिल्ली उडाउँडै र विभेदपूर्ण बिज्ञापन निकालेको भन्दै विरोध स्वरुप बिज्ञापन जलाएको संजालले जनाएको छ । उनीहरूले बिज्ञापन जलाउँदै सरकार र आयोग विरुद्ध चर्को नारा समेत धन्काएको संजालका अध्यक्ष नागेश्वर रायले जनाए ।
लोकसेवा आयोगले जारी गरेको बिज्ञापन तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
लोकसेवा आयोगको बिज्ञापन असंवैधानिक रहेकोे भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले आफ्नो अडान कायमै राखेको छ भने मधेशमा आन्दोलनका कार्यक्रमहरु निरन्तर हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…