संसदमा जीरो समयमा बोले अरगरिया- 'कमलाको पूल कहिले बन्ने ?'
अहिलेसम्म रेल्वे संचालनमा नआएपछि आम सर्वसाधारणहरु आत्तिएको बताउँदै त्यसलाई ढिलो नगरी संचालनमा ल्याउन आग्रह गरे ।

२०७६ असार २ सोमबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय साँसद एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले साँसद भवनमा पुनः कमला पूलको जीकिर गरेका छन् ।
मधेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्गमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने कमला पूलको ठेक्का लागेको ५ बर्षमा पनि पूल निर्माण हुन नसक्दा त्यस भेकका आम सर्वसाधारण मात्र होईन त्यसबाटो भएर जाने जोसुकै पनि त्रासमय तवरले नदी पार गर्न बाध्य भएको बताएका छन् ।
संघीय संसदमा जीरो समयमा बोल्दै समाजवादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले करिब १ मिनेटको समयमा उनले कमला पूल र जनकपुर जयनगर रेल्वेको जीकीर गर्न भ्याएका थिए । "हुलाकी सडक अन्तर्गतको धनुषा र सिरहा जोडने कमला पूलको ठेक्का करिब ५ बर्ष अघि लागेको थियो , अब मात्र १ बर्ष बाँकी छ ठेक्काको तर पनि बन्न सकेको छैन । ठेक्केपाटा लिने कम्पनी सरकारको कालो सूचिमा पर्ने पनि भएको छ, तर एक वर्ष मात्र समय रहेको छ ? के एक बर्षमा बन्ला ?" - उनले प्रश्न गरे ।
कमला पूलको २५ प्रतिशत समेत काम नभएको बताउँदै नेता अरगरियाले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग जसरी पनि एक वर्षभित्र त्यो पूल निर्माणको लागि पहल गरिदिन आग्रह गरे । यसका साथै जयनगर जनकपुर रेल्वेको सम्पूर्ण प्रक्रिया र काम पूरा भएपनि अहिलेसम्म रेल्वे संचालनमा नआएपछि आम सर्वसाधारणहरु आत्तिएको बताउँदै त्यसलाई ढिलो नगरी संचालनमा ल्याउन आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…