सफाई अभियन्ता 'धिरेन्द्र' को अभियानमा सांसददेखि मन्त्रीसम्म !
बाताबरण हराभरा तथा सुन्दर एवं स्वच्छ बनाउन सबैको सहभागिता अपरिहार्य रहेको औल्याए ।

२०७६ जेठ ३२ शनिबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरसफाई अभियन्ता धिरेन्द्र साहको सक्रियतामा गत ६ महिनाअघि सुरु भएको जनकपुर रेल्वे ट्रैक क्षेत्र सप्ताहिक सरसफाई अभियानलाई निरन्तरता दिइएको छ ।
स्वच्छ बातावरण तुल्याउन सुरु गरिएको सरसफाई अभियान अन्तर्गत आज (शनिवार) २६औं सप्ताह रेल्वे स्टेशन वरपरमा सरसफाई गरिएको छ । मुख्यमन्त्री कार्यालयको अगाडिदेखि लिएर रेल्वे ट्रैकको दाँया र बाँया क्षेत्रको सफाई गरिएको हो ।
सरसफाई अभियन्ता साहको सफाई अभियानमा सांसददेखि मन्त्रीसम्मले सहभागिता जनाएका छन् । सरसफाई कार्यक्रममा प्रदेश २ सरकारका उद्योग, पर्यटन, बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल, प्रदेशसभा सदस्य तथा स्वच्छता अभियानी राम अशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिता मिश्र, प्रमुख जिल्ला अधिकारी प्रदीप कँनेल, जिल्ला समन्वय समितिका उप–सभापति, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, पत्रकार महासंघ धनुषाका सभापति, बागमती सरसफाई अभियानका अभियन्ता, चितवन सरसफाई अभियानका अभियन्ता लगायत जनकपुरका विभिन्न सरसफाई अभियानका अभियन्ताहरु, जनकपुरका कृष्णा नर्सिङ कलेजका प्रतिनिधि, जनकपुरधामस्थित रहेका विभिन्न विद्यालयका छात्र छात्राहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव अधिकार कार्यालय जनकपुरका प्रतिनिधि लगायतले सानदार सहभागिता जनाएका थिए ।
जनकपुरमा अभिन्ता साह लगायत विभिन्न संघ संस्थाहरुले सरसफाई अभियान चलाएपछि त्यस वरपरका स्थानीयहरु सरसफाई प्रति जागरुकता एवं सजगता देखाएका छन् ।
सरसफाई कार्यक्रममा सहभागी विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुले सबैलाई सरसफाईमा जुट्न आग्रह गरे । बाताबरण हराभरा तथा सुन्दर एवं स्वच्छ बनाउन सबैको सहभागिता अपरिहार्य रहेको औल्याए ।
सरसफाई कार्यक्रममा देखिएको जोडदार सहभागिताले सफाई अभियानलाई अझ उर्जा प्रदान गरेको भन्दै अभिन्ता साहले सबैलाई धन्यवाद ज्ञापन गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…