लोकसेवा बिज्ञापन विरूद्ध लहानमा प्रदर्शन !
बिज्ञापनको मधेशमा चौतर्फी विरोध भइरहेपनि सरकारले गम्भीरता देखाएको छैन ।

२०७६ जेठ २४ शुक्रबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लोकसेवा आयोगले गरेको बिज्ञापन विरूद्ध विद्यार्थीहरूले सिरहामा प्रदर्शन गरेका छन् ।
लोक सेवा आयोगले आरक्षण कोटा हटाएको विरोधमा आज (शुक्रबार) मधेशी विद्यार्थीहरूले सिरहाको लहानमा प्रदर्शन गरेका हुन् ।
लोकसेवा आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरीत र त्रुटिपूर्ण निकालेको भन्दै सरकार र आयोग विरुद्ध चर्को नारा धन्काएको युवा धर्मेन्द्र सिंहले जानकारी दिए ।
लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज नगरे विकल्पमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
लोकसेवा आयोगले बिज्ञापन गरेदेखि नै मधेशमा चौतर्फी विरोध भइरहेपनि सरकारले गम्भीरता देखाएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…