जनमत पार्टीको १ करोड वृक्षारोपन अभियान : मधेशको विभिन्न स्थानमा वृक्षारोपन
जनमत पार्टीले १ करोड वृक्षारोपनको लक्ष्य पूरा गर्न यस अभियानलाई निरन्तर राख्ने जनाइएको छ ।

२०७६ जेठ २३ बिहीबार, दिउँसो १:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशको विभिन्न स्थानमा वृक्षारोपन गरेर वातावरण दिवस मनाएका छन् ।
विश्व वातावरण दिवसको अवसर पारेर जनमत पार्टीका अध्यक्ष डा. राउतसहित विभिन्न जिल्ला तथा स्थानमा रहेका उनका कार्यकर्ताहरुले पनि वृक्षारोपन गरेका हुन् ।

डा. राउतको नेतृत्वमा जनमत पार्टीको गठन भएपछि पार्टीले घोषणा गरेको १ करोड वृक्षारोपन अभियान अन्तर्गत वातावरण दिवसमा मधेशका विभिन्न स्थानहरुमा विभिन्न जातका विरुवा रोपन गरेका छन् । सोही अभियान अन्तर्गत सिरहाको विभिन्न स्थानसहित मिर्चैया ११ सितापुरमा अवस्थित पौराणिक महत्व बाकेको छिपौलिया पोखरीमा समेत वृक्षा रोपन गरिएको जनमतका अरविन्द सहनीले जानकारी दिए ।

जनमत पार्टीले १ करोड वृक्षारोपनको लक्ष्य पूरा गर्न यस अभियानलाई निरन्तर राख्ने जनाइएको छ । जनमत पार्टी गठन भएको केही दिनपछि पार्टीले मधेशमा १ करोड वृक्ष लगाउने घोषणा गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…