धनुषाको धनुषाधाम संरक्षित वनमा मन्त्रीले रोपे विरुवा
मन्त्री रायले अबको विकास वातावरणमूखी हुने जनाए ।

२०७६ जेठ २३ बिहीबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम स्थित संरक्षित वनमा वृक्षा रोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ ।
धनुषाधाम संरक्षित वनका अध्यक्ष जगदिश यादवको अध्यक्षता एवं प्रदेश २ का उद्योग वन तथा वातावरण मन्त्री रामनरेश रायको प्रमुख आतिथ्यमा विश्व वातावरण दिवस मनाइएको हो । धनुषाधाम संरक्षित वनको प्राङ्गणमा र धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा बिरुवा रोपन गरी दिवस मनाइएको हो ।
सो अवसरमा मन्त्री रायले अबको विकास वातावरणमूखी हुने जनाए । कार्यक्रम सहभागी राज्यमन्त्री सुरेश मण्डलले वातावरण जोगाउन सबैले लाग्नुपर्ने आवश्यकता औल्याए ।
वातावरण दिवसमा प्रदेश नं. २ का वन राज्य मन्त्री सुरेश मण्डल, धनुषा १ ख प्रदेश सांसद राम चन्द्र मण्डल, उपमेयर बिधा देवि भुजेल नेकपा जिल्ला सचिव दिपक यादव, जिल्ला वन अधिकृत, धनुषाधाम संरक्षित वन अधिकृत शंकर नारायण झा, मिथिला वर्ल्ड लाईफका अध्यक्ष देब नारायण मण्डल, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. अशोक साह लागयत वन कर्मचारी, स्थानीय नागरिक, बुद्धिजीवीको जोडदार उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…