धनुषामा दुःखद घटना : नमाज पढाउन गएका मौलबीको करेन्ट लागेर मृत्यू !
दुर्घटना विहान करिब ७ः३० बजेकै समयमा भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

२०७६ जेठ २२ बुधबार, बिहान ११:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नमाज पढाउन गएका धनुषाका एक मौलबीको करेन्ट लागेर मृत्यू भएको छ ।
मुस्लीम धर्मावलम्बीहरुको आस्थाको पर्व इल उल फितरको मौकामा नमाज पढाउन गएका धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्ला भठिहन टोल बस्ने मो. हकिम राईनको करेन्ट लागेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
सबैला नगरपालिका वडा नं. ३ स्थित रहेको इदगाह (मुस्लिम धर्मावलम्बीहरुको नमाज पढने ठाउँ वा आस्थाको ठाउँ) मा नमाज पढाउन जाँदा नाँगो तारमा छोएपछि करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । आज ईल उत्र फित्तर मनाईरहँदा मनोरञ्जनको लागि डिजे हर्न बजाउनकै लागि तार हुकिँग गरिरहेको अवस्थामा आगो लागेपछि मौलबी हकिमले एक बच्चालाई बचाउन खोज्दा उनको खुट्टा नाँगो तारमा छोएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना विहान करिब ७ः३० बजेकै समयमा भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । मौलबी हकिमलाई करेन्ट लागेपछि तत्कालै उनलाई उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमै अन्तिम साँस लिएको बताइएको छ । यता, हुकिँग गर्ने व्यक्तिको नाम खुलाइएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…