सिरहामा बसको ठक्करबाट एक शिक्षकको मृत्यू !
मृतकको शव पोष्टमार्टमका लागि लहान लगिएको छ ।

२०७६ जेठ १७ शुक्रबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । सिरहाको नरहा बलुवास्थित गुडिरहेको बस र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको ज्यान गएको हो ।
मृत्यू हुनेमा औरही ईटाटारका अन्दाजी ३७ वर्षीय रहमान खान रहेको सिरहा प्रहरीले जनाएको छ । पेशाले शिक्षक रहेका खानको उपचारको क्रममा मृत्यू भएको हो ।
सिरहाबाट चोहर्वा तिर आउँदै गरेको बा. १ ख. ६८८५ नम्बरको बसले खान सवार स. ७ प. ९५३८ नम्बरको मोटरसाईकललाई करिब २ बजेको समयमा ठक्कर दिएको थियो ।
मोटरसाईकल र ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।
मृतक खानको शव पोष्टमार्टमका लागि लहान लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…