जेठ २३ गते विहिबार सार्वजनिक विदाको घोषणा !
मुस्लिम धर्मावलम्बीहरुको पर्वमा राष्ट्रिय विदा घोषणा गरेपछि उनीहरु खुसी जाहेर गरेका छन् ।

२०७६ जेठ १६ बिहीबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आउँदो जेठ २३ गते विहिबार सार्वजनिक विदा दिने घोषणा गरेका छन् ।
मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए ।
मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ । इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।
सार्वजनिक विदाको घोषणा गरेपछि मुस्लिम समुदायका युवाहरुमा वेग्लै उत्साह थपिएको छ । जनकपुरबाट रियाज साफी आफ्नो फेसबुक मार्फत खुसी जाहेर गरेका छन् । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्वमा राष्ट्रिय विदा घोषणा गरेपछि उनीहरु खुसी जाहेर गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…