गणतन्त्र दिवसमा सप्तरी सुरुंगा नपामा दलित छात्रालाई साईकल उपहार
छात्राहरुलाई साईकल प्रदान गरेर प्रोत्साहन गरिएपछि अभिभावकहरुले प्रशंसा गरेका छन् ।

२०७६ जेठ १६ बिहीबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । गणतन्त्र दिवसको अवसरमा सप्तरीको सुरुंगा नगरपालिकाले छात्राहरुलाई साईकल वितरण गरेको छ ।
देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहँदा सुरुंगा नगरपालिकाले भने अन्य कार्यक्रमसहित जेहेन्दार तथा दलित छात्राहरुलाई साईकल वितरण गरेर मनाएको हो ।
सुरुंगा नगरभित्रका विद्यालयहरुमा कक्षा १० मा नियमित हाजिर भएकी तथा एसईई परीक्षा दिएर बसेकी जेहेन्दार तथा दलित छात्राहरुलाई साईकल वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिए ।
दलित छात्राहरुलाई शिक्षाप्रति आकर्षित गराउन तथा प्रोत्सहन स्वरुप साईकल वितरण गरिएको अधिकृत दाहालले जनाए । शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडी बढेको सुरुंगाका मेयर मुक्तिनाथ चौधरीले बताए ।
छात्राहरुलाई साईकल प्रदान गरेर प्रोत्साहित गरिएपछि अभिभावकहरुले प्रशंसा गरेका छन् ।
साईकल वितरण कार्यक्रममा नगरप्रमुख मुक्तिनाथ चौधरी, प्रप्रअ सुरेश दाहाल, लेखा अधिकृत रामवावु साह, वडा ४ का वडाध्यक्ष देवेन्द्र चौधरी, शिक्षा शाखा अधिकृत लगायतको हिरालाल रानामगर लगायतको सिफारिसमा साईकल प्रदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…