कटुवा पेस्तोल सहित एक पक्राउ
न्यूज ब्यूरो, रौतहट । रौतहटमा कटुवा पेस्तोल र छुरासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका ९ बसनपट्टिका ४५ वर्षीय छोटेलाल साह रहेको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी बंजरा रौतहटबाट प्रहरी नायव निरीक्षक अक्षय कुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले मङ्गलवार ईशनाथ नग

२०७६ जेठ १५ बुधबार, बिहान ११:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा कटुवा पेस्तोल र छुरासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका ९ बसनपट्टिका ४५ वर्षीय छोटेलाल साह रहेको प्रहरीले जनाएको छ ।
सीमा प्रहरी चौकी बंजरा रौतहटबाट प्रहरी नायव निरीक्षक अक्षय कुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले मङ्गलवार ईशनाथ नगरपालिका ४ ठुलो लत्मरी मन्दिर नजिकबाट १ थान कटुवा पेस्तोल, एकथान चक्कु लगायतको अन्य सामानहरू सहित उनलाई पक्राउ गरेको हो ।
साहको साथबाट अन्य १ वटा ल्यापटप, नोकीया मोबाइल १ थान, पेन ड्राईव १ थान, एन सेलको सिमकार्ड १ थान, नेपाली रुपैयाँ ५ हजार २ सय ५०, भारतीय रुपैयाँ ४ हजार १ सय समेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…