प्रदेश २ : विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट नदिएको भन्दै विभागमा रिट !
हरेक सार्वजनिक यातायातमा छुटको व्यवस्था नगरे कडा आन्दोलन चर्काउने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।

२०७६ जेठ १५ बुधबार, बिहान ९:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा विधार्थीहरुलाई सवारी साधनमा ४५ प्रतिशत छुट नदिएको विरोधमा यातायात विभागमा रिट दायर गरिएको छ ।
बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको व्यवस्था नदिएको भन्दै यातायात ब्यबस्था विभाग काठमान्डौंमा निबेदन दर्ता गरी तत्कालै छुटको व्यवस्था लागू गर्न माग गरिएको छ ।
विद्यार्थीहरुको तर्फबाट अगुवाई गरेका गुमस्ता कुमार यादवकै नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले प्रदेश नं. २ मा चल्ने सार्वजनिक सवारी साधनहरुमा विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा पनि छुट नदिएको भन्दै विभागमा निवेदन दर्ता गराइएको हो ।
नेपाल सरकार, यातायात व्यवस्था विभाग र विधार्थी संघ बिच त्रिपक्षिय सम्झौता अनुसार सबै प्रदेशमा विधार्थीहरुलाई सवारी साधनमा छुट दिए पनि प्रदेश नं २ मा भने उक्त ब्यबस्था कार्यान्वयन नभएको उनीहरुले दर्ता गरेको निवेदनमा उल्लेख छ।
बिद्यार्थीहरुले बैशाख २९ गतेमा सिरहा सुखिपुर नगरपालिका ३ कुशहा बस्ने गुमस्ता कुमार यादव लगायतका बिद्यार्थीहरुको तर्फबाट यो रिट निवेदन काठमाडौ स्थित यातायात व्यवस्था विभाग ,मिनभवनमा बुझाएको थियो । जसमा सुनुवाई भए अनुसार नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मंत्रालय यातायात व्यवस्था विभाग मिन भवन काठमाडौंको पत्र संख्या २०७५।७६ चलानी नम्बर १६८२ को पत्रानुसार सार्वजानिक सवारी साधनमा विधार्थीलाई छुट सहुलियत दिने भौतिक पुवाधार विकास मंत्रालय प्रदेश नम्बर २ जनकपुरधामलाई पत्राचार गरीएको २०७६।०२।१२ को पत्रबाट प्रष्ट छ ।
प्रदेश २ मा विधार्थीहरुले सवारी साधनमा सहुलियत छुट नपाएको भन्दै गुनासो बढी रहेको बेला केन्द्रिय विभागबाट प्रदेश २ मंत्रालयमा कारबाहीको आदेशा अनुसारको पत्रमा मंत्रालयका शाखा अधिकृत लेवन काश्यप अधिकारीले हस्ताक्षर गरेको उल्लेख छ ।
प्रदेश २ मा चल्ने सार्वजनिक प्रकारका यातायातमा विद्यार्थीहरुले छुट माग्दा धम्काउने तथा गाली गलौज समेत गर्ने गरेको छ भने जनकपुरबाट हुलाकी राजमार्गमा चल्ने सवारीमा समेत चर्को शुल्क लिई विद्यार्थीहरु उपर चर्को शुल्कको मार थापेको गुनासो विद्यार्थीहरुले गरेका छन् । हरेक सार्वजनिक यातायातमा छुटको व्यवस्था नगरे कडा आन्दोलन चर्काउने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…