जनकपुर एयरपोर्टबाट रात्रीकालीन हवाई उडान सुरु !
यात्रुहरुले अब रात्री हवाई सेवा सहजै पाउने छन् ।

२०७६ जेठ १३ सोमबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट रात्रीकालीन हवाई उडान सुरु गरिएको छ । हवाई यात्रुहरुको सहजताको लागि विमास्थलबाट आईतवारदेखि विधिवत् रुपमा रात्रीकालीन उडान भर्न सुरु गरिएको हो ।
रात्रीकालीन उडानका लागि झण्डै १० करोडको लागतमा ‘एयर फिल्डग्राउण्ड लाइटिङ्ग सिस्टम’ जडान गरिएको छ । सो लाइटिङ्ग सिस्टम जडान गरिएपछि रात्रिकालीन उडान सुरु भएको छ ।
पहिलो दिन बुद्ध एयरको ९ एन–ए जे एक्स विमानले जनकपुरबाट काठमाण्डौका लागि सफल परीक्षण उडान गरेको हो । अब यात्रुहरुले रात्री सेवा पनि पाउने भएपछि सहज हुने नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख सन्तोष ढकालले विश्वास लिए ।
जनकपुरबाट रात्रीकालीन उडान सुरु भएसँगै सहजै यहाँबाट बाहिर ओहोरदोहोर गर्न सजिलो भएको छ । यात्रुहरुले अब रात्री हवाई सेवा सहजै पाउने छन् ।
जनकपुरधाम विमानस्थलबाट अहिले यति र बुद्ध एयरलाइन्सले उडान गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…