जनकपुर : हुलाकी सडक बन्द !
काम समेत कछुवा गतिमा अघि बढाएकोले यस्ता समस्या उत्पन्न भएको देखिएको छ ।

२०७६ जेठ ७ मंगलबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरदेखि धनुषाको सघारासम्म जाने हुलाकी सडक अन्तर्गत भोईलमा चक्काजाम गरी सडक बन्द गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा स्थानीय स्थानीय युवाहरुले हुलाकी सडक जाम गरेका हुन् । हुलाकी सडकमा देखिएको जीर्णतालाई सुधारको लागि पटक पटक सम्बन्धित निकायमा गुहार गर्दा पनि अहिलेसम्म केहि सुनवाई नगरेको भन्दै चक्काजाम गरेको हो ।
बीच बाटोमा बसेर उनीहरुले स्थानिय सरकार , प्रदेश सरकार , केन्द्र सरकार र ठेकेदार विरुद्ध चर्को नारावाजी गरेका छन । असार मसान्तभित्रै उक्त खण्डको हुलाकी सडक निर्माण गरिसक्नुपर्ने भएपनि अहिले हुलाकी सडक धुलाम्य भएको छ । धुलोको कारण बाटोमा सवारी गुडान अति नै असहज भएको छ ।

हुलाकी सडकमा ३ फिटसम्म धुलो बनेको छ आम सर्वसाधारणलाई चारचक्के गाडी बाहेक मोटरसाईकल, पैदल वा साईकल यात्रीलाई त्यस बाटोमा जान कठिनाई भएको हो । सवारी आवागमनका कारण उक्त बाटोमा अहिले धुला नै धुला भएको र सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै सम्बन्धित निकायसँग ध्यानाकर्षणको लागि चक्काजाम गरेको हो ।
सोमबार मात्र धनुषाको देउरी परवाहामा समेत धुलाम्य भएको भन्दै सडकमा मुढा, टेबल, कुर्शी राखेर बाटो जाम गरेको थियो । उत्तः सडकमा चल्ने ट्रिपर, ट्रयाक्टरले धुलो नै धुलो उडाएको भन्दै चक्काजाम गरेको थियो । ठेकेदारबाट कन्यट्रयाक्टमा काम गर्नेहरुले हुलाकी सडकमा गुणस्तरीयहिन कार्यका साथै काम समेत कछुवा गतिमा अघि बढाएकोले यस्ता समस्या उत्पन्न भएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…