विवाहपँचमीपछि पुनः जनकपुर आउँदै राष्ट्रपति भण्डारी , सुरक्षा चुस्त !
त्यो भ्रमणलाई तत्कालिन आन्दोलनकारीहरुले विरोध गर्दा दिनभरि जानकी मन्दिरको स्थिति तनावग्रस्त बनेको थियो ।

२०७६ बैशाख ३० सोमबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारी आज जनकपुर आउने भएकी छन् ।
जानकी नवमीको अवसरमा राष्ट्रपति भण्डारी आज (सोमवार) बिहान करिब ९ बजे जनकपुरधाम आईपुग्ने कार्यक्रम तय भएको जनाइएको छ । राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट संघिय प्रहरी ईकाई कार्यालयमा अवतरण गर्ने जनाइएको छ । त्यसपछि उनी सोझै जानकी मन्दिरमा पुगेर पुजा गर्ने कार्यक्रम रहेको छ ।
मन्दिरमा भगवानको पुजापछि उनी केहि बेर मन्दिरको भित्री परिसरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मन्दिर, जानकी नवमी लगायतका विषयमा जानकारी गराउने छन् । प्रसाद ग्रहणपछि राष्ट्रपति भण्डारी बाहिरको परिसरमा आयोजित समारोहमा सम्मान र सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी बिहान करिब ११ः३० बजे राजधानी फर्किने बताईएको छ । १२ बजे मन्दिरमा विशेष पुजा आरतीको कार्यक्रम रहेको र त्यसमा भारत र नेपालका विभिन्न स्थानहरुबाट आएका सन्तमहन्थहरुको सहभागिता रहने उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए ।
राष्ट्रपति आउने मार्गको सफाई जनकपुरधाम उपमहानगरपालिकाले राती नै प्रारम्भ गरेकोछ । सुरक्षाको कडा व्यवस्था गरिएको छ ।आईतवार राती मन्दिर भित्र र बाहिरको परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।
२०७४ सालको रामजानकी विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी जानकी मन्दिर आएकी थिईन् । त्यो भ्रमणलाई तत्कालिन आन्दोलनकारीहरुले विरोध गर्दा दिनभरि जानकी मन्दिरको स्थिति तनावग्रस्त बनेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…