समयमै सचेत नभए कमला नदीको अस्तित्व गुम्ने खतरा छ : अभियानी यादव
कमलामा कोशी टप्पुझैँ निर्माण गरी विभिन्न प्रजातिका जनावर, पशुपंक्षी राखेर पयर्टकीय क्षेत्र बनाउने

२०७६ बैशाख २८ शनिबार, बेलुकी ७:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका अध्यक्ष एवम् अभियानी विक्रम यादवले समयमै सचेत नभए कमला नदीको अस्तित्व नै खतरामा पर्ने जीकिर गरेका छन् ।
कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने कार्यक्रमको दौरान धनुषाको बरमझियामा उनले सो कुरा बताएका हुन । साप्ताहिक जागरण अभियान अन्तर्गत शनिबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियामा कार्यक्रमको आयोजना गरी स्थानीयवासीहरुलाई कमला नदीको महत्व र जोगाउनुपर्ने कारणबारे प्रकाश पारेका थिए ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामबाबू यादवको अध्यक्षता एवम् नगर प्रमुख रामबाबु यादवको प्रमुख आतिथ्यमा गरिएको कमलाप्रतिको जागरण कार्यक्रममा सहभागीहरुले कमला नदी बचाउको लागि आफ्नो तह तप्तका हुने हरेक प्रकारको सहयोग गर्ने तत्परता देखाए ।
कमला बचाउ अभियानलाई तीव्रता, सिरहामा सामुहिक प्रतिबद्धता
कमला नदी बचाउको लागि दिनानुदिन बढदै गएको बालुवाको सहत नियन्त्रण गर्ने तथा कमलाको पानीलाई खानेपानी योग्न बनाउने गरी योजना ल्याउने बचाउ अभियानका अध्यक्ष यादवले जनाए । यादवले पानीको महत्व सहित कमला नदी बचाएपछि हुने फाईदा र उदेश्यको बारेमा विस्तृत जनचेतनामूलक सन्देशहरु प्रवाह गरेका थिए ।
उनले प्रत्येक शनिबार कमला बचाउ अभियानको लागि आफूहरुले कमला नदीको छेउमा बसोबास गर्ने वस्तीहरुमा गएर कमला बचाउको लागि उत्प्रेरित गर्ने गरेको बताए ।
कमला नदीको कटान रोक्नको लागि नदी छेउमा वृक्षारोपन सहित बगर खेती गर्नुपर्ने धारणा राख्दै यसबाट पर्यावरण सहित किसानलाई समेत प्रत्यक्ष रुपमा फाईदा पुग्ने बताए । उनले बरमझियामा वृहत रुपमा वृक्षारोपण गरी संरक्षित जँगल बनाएर विभिन्न प्रकारको सुविधाको योजना राखेर पर्यटक समेत लोभ्याउने दाबी गरे ।
सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख रामबाबू यादवले आफ्नो नगरभित्र समेत कमलाको अंश परेको भन्दै कमला नदी धार्मिक दृष्टिकोणले भएपनि बचाउको लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरस्तरीय योजनामा कमला नदी बचाउको लागि केही ठोस योजनाहरु विनियोजन समेत गर्ने जनाए ।
सो कार्यक्रममा विशिष्ट अतिथि कृष्णनन्द झा, विक्रम यादव, अभियानका सल्लाहकार एवम् जिल्ला सहकारी सँस्थाका अध्यक्ष ध्रुव नारायण यादव, कमला आयोजनाका लेखाअधिकृत फिरोज आलम, अभियानका सचिव विनोद महरा , पूर्व गाविस अध्यक्ष विष्णुदेव यादव, पत्रकार विनय कुमार यादव, नेता शोभित यादव, शिक्षक बैजनाथ यादव सहित विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, वुद्धिजीवी, युवा तथा महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…