सिरहाको उत्तरवाहिनीमा महायज्ञ सुरु : सांसददेखि मन्त्रीसम्म पुगे
साउने सोमबारी र कार्तिक पूर्णिमामा यहाँ लाखौ धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

२०७६ बैशाख २४ मंगलबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ कै गौरबको रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र सिरहाको बन्दिपुरस्थित उत्तरवाहिनीमा आजदेखी श्री १०८ कुण्डीय हवनात्मक महापूर्णाहुति महायज्ञ सुरु भएको छ । महायज्ञको आज विधिवत् रुपमा श्री गणेश गरिएको छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव, प्रदेश २ सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामनरेश राय र राज्यमन्त्री सुरेश मण्डलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महायज्ञको पहिलो दिन आज निकालिएको विशाल कलश यात्रामा सांसददेखि मन्त्रीसम्म सरिक भएर आनन्द लिए ।
साउने सोमबारी र कार्तिक पूर्णिमामा यहाँ लाखौ धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । यहाँ पबित्र नदी कमला उतरायण (उतर तिर) बग्ने भएका कारण साउन महिनामा नेपालका विभिन्न ठाउँबाट भक्तजनहरु भारी सँख्यामा उत्तरवाहिनी आउने गरेका छन् ।
वातावरणीय हिसाबले अत्यन्तै मनमोहक र प्राकृतिक सुन्दरताले भरिएको यो पर्यटकीय स्थल प्रदेशकै नमुना बन्ने राज्यमन्त्री मण्डलको भनाई छ ।
पौराणिक तथा धार्मिक महत्वको यस उत्तरवाहिनीको विकास र संरक्षणका लागि कुनै कसर बाँकी नराख्ने सांसद यादवले प्रतिवद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…