कान्छो मेयरको नगरमा 'नगर प्रहरी कार्यविधि' सहितको बन्दैछ यी २७ कानुन !
२७ कानुन लागू भएपछि विकास निर्माणको कार्यमा कुनै बाधा अवरोध नहुने तथा नगरका जनताले पनि अति सहज रुपमा सेवा सुविधा प्राप्त गर्न सकिने छ ।

२०७६ बैशाख २२ आइतबार, राति १०:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर प्रख्यात भएका धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफ्नो नगरमा २७ वटा कानुन बनाएर लागू गर्न लागिएको जानकारी दिएका छन् ।
स्थानीय सरकार लागू भएपनि कानुन अभावको कारण विकास कार्यहरु तीव्रता लिन नसकेको भन्दै मेयर बरबरियाले शहिदनगर नगरपालिकाको लागि २७ बुँदे कानुन बनाएर स्थानीय तह सरकार अन्तर्गत लागू गरिने बताएका छन् । जनकपुरमा शहिदनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको कानुन विदहरुसँगको कानुन सम्बन्धी कानुन निर्माण विमर्स गोष्ठी कार्यक्रमपछि नगरपालिकाको लागि २७ कानुन लागू गर्न लागिएको जानकारी दिए ।
नयाँ कानुनमा कार्यपालिकाको कार्य विनियोजन तथा कार्य सम्पादन नियमावली, सार्वजनिक खरिद नियमावली, चल्ती मेशिन, हेभी इक्यूप्मेन्ट तथा सँचालन कार्यविधि, उपभोक्ता समिति संचालन कार्यविधि, सभाले आफ्नो कार्य व्यवस्थित गर्न गठन गरेको लेखा समिति, विद्यायक समिति, सुशासन समिति, संचालन कार्य समिति सम्बन्धी कानुन, नगरपालिकाको आर्थिक कार्यविधि कानुन, नगर शिक्षा समिति संचालन नियमावली, नगर स्वास्थ्य समिति संचालन, नगर प्रहरी कार्यविधि, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि व्यवस्थापन गर्न बनेको ऐन, गुनासो व्यवस्थापन कार्यविधि, बाल संरक्षण कार्यविधि, नगरापलिका र नगर सभाको बैठक संचालन कार्यविधि, स्थानीय विपद व्यवस्थापन कोष संचालन कार्यविधि लगायतका कानुन पास गर्ने भएको छ ।
यसका साथै स्थानीय तहमा करार जनशक्ति व्यवस्थापन कार्यविधि, घ वर्गको निर्माण व्यवसाय इजाजतपत्र सम्बन्धि कार्यविधि, कृषि व्यवसाय प्रवद्र्धन ऐन, सँस्था दर्ता तथा व्यवसाय दर्ता तथा नविकरण ऐन, स्थानीय तहको सरकारबाट गरिने बजार अनुगमन निर्देशिका, आन्तरिक स्रोत व्यवस्थापन परिचालक व्यवस्थापन कार्यविधि, नगर सरसफाई कार्यविधि, संविधानको अनूसूचि ९ बमोजिम विषयमा कानुन, भवन निर्माण तथा घर नक्सा पास कार्यविधि, अपाँग परिचय पत्र वितरण सम्बन्धी कार्यविधि र आन्तरिक लेखा परीक्षण कार्यविधि जस्ता २७ कानुन लागू गरिने भएको छ ।

मेयर बरबरियाका अनुसार यी २७ बुँदामा उल्लेख नभएका कुराहरु नेपाल सरकार अन्तर्गतको स्थानीय सरकारको प्रचलित ऐन बमोजिम लागू हुने छ । कान्छो मेयरले यी २७ कानुन लागू भएपछि विकास निर्माणको कार्यमा कुनै बाधा अवरोध नहुने तथा नगरका जनताले पनि अति सहज रुपमा सेवा सुविधा प्राप्त गर्न सकिने छ ।
नगरको जनताको हितको लागि लागू गरिने यी २७ कानुनपछि सँस्था दर्ता, नगर प्रहरी जस्ता कार्यविधिपछि झन सहजता सहित रोजगारीको अवसर समेत स्थानीय स्तरमै प्राप्त हुने विश्वास लिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…