'विद्यालयमा अनियमितता गरेकोले प्रअ मण्डललाई काज सरुवा गर्यौ' : मेयर दास
यसका साथै उनले अन्य जनालाई उक्त विद्यालयको हेडमास्टर बनाएर देखाउन चुनौति पनि दिए ।

२०७६ बैशाख २० शुक्रबार, राति १०:०२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । नगर कार्यपालिकाले धनुषाका एक हेडमास्टरलाई बिद्यालयमा गरेको भ्रष्टाचार तथा बिभिन्न अनियमितता कारण अर्को बिद्यालयमा सरुवा गरेको छ ।
धनुषाको विदेह नगरपालिका अन्तरगत जनता माध्यमिक विद्यालय गिद्धा बेलापट्टीका तत्कालिन हेड मास्टर पवन कुमार मण्डललाई सोहि नगरपालिकाको शंकर जनता माध्यमिक विद्यालयमा सरुवा गरेको हो ।
मण्डलले बिद्यालयमा ब्यापक भ्रष्टाचार गरेको, विद्यालको रकम मासेको, बिभिन्न छात्रबृति बितरण नगरेको भन्दै अभिभावकहरुले तत्कालीन प्र.अ. मण्डलले गरेको भ्रष्टाचार छानवीन गर्न नगरपालिकामा दर्ता गराएको उजुरीको आधारमा उनलाई काज सरुवा गरेको नगर प्रमुख बेचन दासले स्पष्ट पारे ।
विद्यालय अवस्थित वडा नम्बर ६ बाट समेत मण्डललाई आवश्यक कारवाहिका लागि पत्र पठाएको आधारमा नगर कार्यापालिकाको २०७६ बैशाख ८ गतेको निर्णय अनुसार काज सरुवा गरेको हो ।
विद्यालय नियमित नआउने, विद्यालयमा राजनिती गर्ने, बिभिन्न काजको बहानामा सदरमुकाम बस्ने, आफ्ना मतियारका रुपमा रहेका शिक्षक ब्रम्हदेब यादवको कुरामा बेला बेलामा शिक्षक स्टाफहरुलाई गाली गलौज गर्ने गरेको मण्डलमाथि आरोप छ ।
यता, बिभिन्न जिल्लाबाट पशु बिज्ञान अध्ययन गर्न आएका बिद्यार्थीहरुबाट गैर कानुनी तरिकाले शुल्क बाहेक पनि अतिरिक्त रकम असुलेको, ल्यावका सामग्री शिक्षा बिभागले प्रकाशित गरेको सुचनाको आधारमा खरिद नगरी गुणस्तरहिन सामग्री नियम संगत नकिनेको तथा ओजेटिको रकम हाल सम्म वितरण नगरेको आरोप समेत लगाइएको छ ।
आफुले गरेको भ्रष्टाचार ढाकछोप गर्न तथा नगरप्रमुख दासको चरित्र हत्या गर्न बिभिन्न सञ्चार माध्यम मार्फत आफु संग १५ प्रतिशत रकम कमिशन मागेको भ्रम आम जनतामा छर्न खोजेको विदेह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिनोद गोहितमानले बताए ।
आफु अनुकुल स्वेच्छाचारी ढंगले तत्काली अयोग्य बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र भन्ने राधेश्याम गोईतलाई पुनः अध्यक्ष बनाउन खोजेको र त्यसको बिरोध अभिभाकहरुले गरेका कारण मण्डल मानसिक संतुलन गुमाएको वडा अध्यक्ष गोहितमानले आरोप लगाए ।
नगर प्रमुख दासले आफुले मागेको कुनै पनि कमिशनको प्रमाण देखाए म जस्तो सुकै सजाय भोग्न तयारी रहेको दाबी गरे । तत्कालीन प्र.अ. मण्डल अपराध कृयाकलापमा लागेको र अफुले गरेको अपराध र भ्रष्टाचार लुकाउन म माथि निराधार आरोप लगाएको बताए ।
यता, विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलले आफूमाथि लगाइएको आरोप ठहर भए आफू बीच बजारमा झुण्डिन तयार रहेको बताएका छन् । मेयर दासले लगाएको आरोप उपर सोधिएको एक प्रश्नको प्रतिक्रिया दिँदै उनले आफूसित आरोपको ठोस प्रमाण रहेको दाबी गरेका छन् । उनले भने, - "म हावा तालमा आरोप लगाउँदैन र कसैको चरित्र हत्या गर्दैन, मसित बजावतै लिखित प्रमाण छ, म जति पनि आरोप मेयर दासमाथि लगाएको छु त्यो सबैको प्रमाण दिन सक्छु ।"
भ्रष्टाचार तथा विद्यालयमा अनियमितता गरेको आरोप उपर बोल्दै उनले नगरपालिकाकै अडिटरबाट हर हिसाब अडिट गराउन माग गर्दै आफूमाथि रकम आए आफू झुण्डिन तयार रहेको ठोकुवा गरे । यसका साथै उनले अन्य जनालाई उक्त विद्यालयको हेडमास्टर बनाएर देखाउन चुनौति पनि दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वञ्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णयको हवाला दिदैं सबै स्थानीय तहलाई उक्त परिपत्र गरेको हो ।
‘हाल नेपाल सरकारबाट शिक्षा सम्बन्धि संघीय कानून तर्जुमाको प्रकृयामा रहेको हुँदा स्थानीय तहबाट शिक्षा सम्वन्धि कानून तर्जुमा गर्दा संघीय सरकारको समन्वयमा मात्र गर्ने ब्यवस्था मिलाउनु हुन’ भन्दै परिपत्रमा घुमाउरो तरिकाले वञ्देजको भाषा प्रयोग गरिएको छ ।
‘नेपाल सरकारबाट नियुक्त भएका शिक्षक तथा सामुदायिक विद्यालयहरुको व्यवस्थापन र समग्र शिक्षा प्रणालीसँग सम्बन्धित विषयमा उठेका सवालहरुको सहजीकरण गर्दा नेपाल सरकारसँग समन्वय गर्नु हुन’ उक्त परिपत्रमा भनिएको छ । परिपत्रमा स्थानीय तहबाट शिक्षा सम्बन्धि कानून तर्जुमा गर्दा संघ तथा प्रदेश कानूनसँग नबाझिने गरी तर्जुमा गर्नु पर्ने उल्लेख छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…