डा. सिके राउतको 'मधेशी युवा' सँगको अन्तरक्रिया आज त्रिभुवन विश्वविद्यालयमा
कार्यक्रममा भाग लिन मधेशको विभिन्न स्थानबाट युवाहरू काठमाडौं पुगेका छन् ।

२०७६ बैशाख १८ बुधबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा आज विद्यार्थी जनमत संघको अन्तरक्रिया कार्यक्रम हुँदैछ । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मुख्यवक्ता रहनेछ ।
विद्यार्थी जनमत संघको आयोजनामा ‘सम्यक् परिवर्तमान युवा नेतृत्व सम्भावना र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम हुन लागेको हो । र्कीतिपुरस्थित विश्वविद्यालयको अडिटोरियम हलमा हुन लागेको अन्तरक्रिया कार्यक्रम आ विहान ११ बजे सुरु भइसक्ने जनमतका अरविन्द सहनीले जानकारी दिए ।
अन्तरक्रियाको कार्यक्रममा डा. राउतले सहभागीहरुको सवालको जवाफ दिनेछन् । कार्यक्रममा भाग लिन मधेशको विभिन्न स्थानबाट युवाहरू काठमाडौं पुगेका छन् ।
यसअघि पनि डा. राउतले त्रिभुवन विश्वविद्यालयमा युवाहरुसँग अन्तरक्रिया गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…