धनुषाका हावाहुरी पीडितलाई मधेश सरकारले यतिको राहत दिने
हावाहुरीले मानवीय क्षति नभएपनि धनुषा जिल्लामा १ सयभन्दा बढी विजुलीको पोल ढालेर क्षति भएको छ ।

२०७६ बैशाख १५ आइतबार, राति ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका हावाहुरी पीडितलाई मधेश सरकारले क्षति बमोजिमको राहत दिने बताइएको छ ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आईतबार विहान आएको विनाशकारी हावाहुरीबाट प्रभावित सर्वसाधारणलाई क्षतिको यकिन गरी त्यसै अनुसारको क्षतिपूर्ति दिने कुरा विचाराधीन रहेको बताए । मन्त्रीपरिषद्को बैठकबाट पीडितहरुलाई क्षतिपूर्ति दिनको लागि निर्णय गरिने जनाइएको छ ।
आईतबार विहान आएको भीषण हावाहुरीले जनकपुर लगायत धनुषा जिल्लामामा ५५ बढी घर टहरमा क्षति पुरयाएको छ । हावाहुरीका कारण घर टहरामा समान्य क्षति भएपनि बिजुलीको पोल, सरकारी सम्पत्ति लगायत करोड बढीको क्षति भएको जनाइएको छ । घर टहरामा मात्र करिब ४० लाख जतिको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हावाहुरीले मानवीय क्षति नभएपनि धनुषा जिल्लामा १ सयभन्दा बढी विजुलीको पोल ढालेर क्षति भएको छ । यस्तै धेरै ठाउँमा रुख भाँचिएको छ भने ग्रामिण भेगमा वालीनाली समेत हावाहुरीले नष्ट गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…