पूर्वमन्त्री चौरसियाद्धारा पर्साको ऐतिहासिक आमोदेवी मन्दिरको प्रवेश द्वारको शिलान्यास
निर्माण हुने प्रवेश द्वारको कुल लागत दश लाख रहेको प्रदेश सभा सदस्य साहले जनाए ।
२०७६ बैशाख १४ शनिबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगंज । पर्सा जिल्लाको इतिहास बोकेका ऐतिहासिक धरोहर आमोदेवी मन्दिरको प्रवेश द्वारको शिलान्यास गरिएको छ ।
पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास आज एक कार्यक्रमबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले गरेका हुन् ।
प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने प्रवेश द्वारको शिलन्यास पुर्व मन्त्री चौरसिया गरेका छन् । निर्माण हुने प्रवेश द्वारको कुल लागत दश लाख रहेको प्रदेश सभा सदस्य साहले जनाए ।
प्रवेश द्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर तामाङको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, उपमेयर अर्चना चौधरी, नेविसंघका नेता सरोज चौरसिया, स्थानीय नेता जंगबहादुर थारु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
श्रवण साह, पर्सा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…