प्रअ मण्डलले भाडाका गुण्डा बोलाएर दादागिरी देखाए : मेयर दास
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानाध्यापक चयनको विवाद चुलिएपछि धनुषाको गिद्धा स्कूलमा प्रधानाध्यापक (हेडमास्टर) पवन कुमार मण्डलले भाडाको गुण्डा बोलाएर दादागिरी देखाएको आरोप लगाइएको छ । धनुषाको विदेह नगरपालिका अन्तर्गत पर्ने उच्च मावि गिद्धा बेलापट्टीका प्रअ मण्डलले जनकपुर र आफ्ना गाउँबाट टयाप्पे गुण्ड

२०७६ बैशाख १३ शुक्रबार, राति १०:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानाध्यापक चयनको विवाद चुलिएपछि धनुषाको गिद्धा स्कूलमा प्रधानाध्यापक (हेडमास्टर) पवन कुमार मण्डलले भाडाको गुण्डा बोलाएर दादागिरी देखाएको आरोप लगाइएको छ ।
धनुषाको विदेह नगरपालिका अन्तर्गत पर्ने उच्च मावि गिद्धा बेलापट्टीका प्रअ मण्डलले जनकपुर र आफ्ना गाउँबाट टयाप्पे गुण्डाहरुलाई बोलाएर आफू विरुद्ध नारावाजी गर्न लगाएको आरोप लगाउँदै शुक्रबार दिउँसो बोलाइएको अभिभावक भेलाको क्रममा प्रअ काज सरुवा र नियुक्तीको विवाद चुलिएको थियो ।
प्रअ मण्डलले विद्यालयको छात्रवृति हिनामिना गरेको, विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको, विद्यार्थीहरुबाट अनैतिक तवरले रकम असुल गरेको, विद्यालय व्यवस्थापन गर्नमा कमजोरी गरेको, नगरपालिकासँग समन्वय नगरेको भन्दै उनलाई गत बैशाख ८ गते बसेको कार्यपालिकाको बैठकबाट यस विद्यालयबाट काज सरुवा पठाउने निर्णय गरिएको दाबी गरिएको छ ।
कार्यपालिकाको बैठकबाट उच्च मावि गिद्धामा प्रअ मण्डललाई राख्नुपर्ने कुनै कारण नदेखिएको भन्दै अन्य ठाउँमा काज सरुवा गर्दै निमित्त प्रधानाध्यापकको लागि कुलदेव यादवलाई चयन गरिएको बताइएको छ । शुक्रबार अबेर राती न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर दासले भने,- "विद्यालयका प्रधानाध्यापक पवन मण्डलले जनकपुरबाट भाडामा टयाप्पे गुण्डाहरुलाई बोलाएर म विरुद्ध बोल्न लगाए ।"
विद्यालयको पोखरी बेचेको आरोपलाई खण्डन गर्दै मेयर दासले विद्यालयसँग बारम्बार विद्यालय भित्रको पोखरी तथा अन्य सम्पतिको विवरणहरु शिघ्र नगरपालिकामा पेश गर्न पत्राचार गरेपनि कुनैै प्रकारको चासो नलिएको आरोप लगाए । प्रअ मण्डलले विद्यालयको सम्पतिको नाममा रहेको पोखरी, बजारको समेत कुनै प्रकारको आम्दानी रकमबारे नगरपालिकामा जानकारी नगराएको आरोप लगाए ।
उनले भने, -"विद्यालय नगरपालिकाको भित्रमा छ, नकी विद्यालयको भित्रमा नगरपालिका । स्थानीय तह सँचालन ऐन २०७४ अनुसार स्थानीय तह अन्तर्गत विद्यालय परेको अवस्थामा तलब खाने बेलामा नगरपालिकाले खुवाउने अनि श्रीसम्पतिको बारेमा जानकारी पनि नगराउने ? यो त सरासर भ्रष्टाचार हो नी ?"
विद्यालयको लागि निमित्त प्रधानाध्यापकमा कुलदेव यादवलाई चयन गरी फूलमाला र अबिर लगाएर आफूहरु नगरपालिकाको कार्यालय फिर्ता भएको तथा त्यसपछि विद्यालय भित्र के भएको बारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया मेयर दासको थियो ।
प्रअ मण्डल आफुखुसी गैरकानुनी तवरले कर्मचारी नियुक्ती, ठेक्कापाटामा अनियमितिता गरेको भन्दै उनलाई त्यस विद्यालयबाट काज सरुवाको लागि पत्राचार गरेको दाबी गरिएको छ । यता, प्रअ मण्डलले भने , - आफूमाथि लगाइएको आरोप निराधार रहेको र आफू कुनै प्रकारको हिनामिना नगरेको प्रमाण दिने दाबी गरे ।
यता, मेयर दासले प्रधानाध्यापक मण्डलको गुन्डागर्दीको शैली र उनको षडयन्त्रको भिडियो तथा अन्य प्रमाणहरु आफू पनि सुरक्षीत गराएको दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…