काठमाडौंमा भूकम्पको दुई ठुलो झटका !
काठमाडौंमै आसपास केन्द्र विन्दु भएर भूकम्प गएको अनुमान गरिएको छ ।

२०७६ बैशाख ११ बुधबार, बिहान ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । काठमाडौंमा एका विहानै ठूलो भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार बिहानै ६ बजेर २९ मिनेट जाँदा काठमान्डौँलाई हल्लाएको हो । विहान ६ः२९ बजे ठूलो भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् । भूकम्पको मापन भने ५.२ रेक्टर स्केलको मापन गरिएको हो ।
बिहान ६ः४१ बजे दोस्रो पटक पनि भूकम्पको धक्का महशुस गरिएको छ । धादिँग केन्द्र विन्दु भएर भूकम्प गएको छ । प्रथम पटक ५.२ रेक्टर स्केल तथा दोस्रो पटक ६ बजेर ४१ मिनेट जाँदा ४.७ रेक्टर स्केल मापन गरिएको हो ।
१२ मिनेटको अन्तरालमा दुई पटक भूकम्पको धक्का महसूस गरिएको हो गत वि.सं. २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले १० हजार बढी ज्यान लिएका थिए भने भौतिक संरचना र जनधनको क्षति पनि उत्तिकै गरेको थियो । बैशाख १२ गतेलाई नेपालमा कालो दिनको रुपमा मनाइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…