जनमत पार्टीको सिरहामा शुभकामना आदानप्रदान, सहभागीले भने, 'हामी साथ छौं'
मधेश र मधेशीलाई सधैं धोका मात्र मिलेको भन्दै अब सहि र निस्वार्थ नेतृत्वको आवश्यकता रहेको औल्याए ।

२०७६ बैशाख ७ शनिबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको नव गठित जनमत पार्टी सिरहाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
जनमत पार्टी सिरहा, औरही गाउँपालिकाले ईटाटारमा नयाँ वर्ष २०७६ को उपलक्ष्यमा कार्यकर्ता तथा समर्थकहरुसँग नयाँ रणनीति उपर छलफलसहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
कार्यक्रममा सम्बोधनका क्रममा वक्ताहरुले जनमत पार्टीले सामाजिक परिवर्तनका लागि ईमान्दारिता पूर्वक काम गरे हर बक्त, हर क्षण सहयोग र सहकार्य गर्न तमतयार रहेको प्रतिबद्धता जनाए ।
सहभागीहरुले मधेशको ईतिहासमा धेरै नेताहरुले मधेश र मधेशीलाई धोका मात्र दिएको भन्दै अब सहि र निस्वार्थ नेतृत्वको आवश्यकता रहेको औल्याए ।
उनीहरूले स्थानीय तहमा समेत भ्रष्टाचारले सिमा नाघेको र यसको खबरदारी तथा सुधारका लागि समेत जनमत पार्टीले भुमिका खेल्नुपर्ने आम अपेक्षा राखे ।
कार्यक्रममा जनमत पार्टीका यूवा नेता संजय यादवले सरकारसँग भएको सम्झौता तथा पार्टीको अबको उदेश्य र सिद्धान्तबारे प्रष्ट्याएका थिए भने स्वागत मन्तव्य जनमतका दिपेन्द्र यादवले राखेका थिए ।
जनमत पार्टीद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका कार्यकर्ता, स्थानीय नागरिकसमाज, बुद्धिजीवी, शिक्षक, यूवालगायत सयौंको संख्यामा सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…