वीरगंजमा 'मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन' हुँदै, ओलीदेखि राउतसम्म सहभागी हुने
६ गतेदेखि हुन लागेको सम्मेलनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

२०७६ बैशाख ४ बुधबार, दिउँसो १२:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगंज । वीरगंजको बहुअरीमा ‘प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन’ हुने भएको छ । मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा यही बैशाख ६ गतेदेखि हुन लागेको सम्मेलनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
सम्मेलन स्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन संयोजक अजिजुर्रहमान तुरबत मदनीले बैशाख ६, ७ र ८ गते तीन दिने सम्मेलनको आयोजना गर्ने र सम्मेलनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए ।
यस सम्मेलनको उद्घाटन शत्रमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, विशिष्ट अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी, मुस्लिम वल्ड लिगका शेख शाद साउद अल्लहारसी, भारतबाट मौलाना खुर्सिद अहमद मदनी, बंगलादेशबाट प्रो. सहादुल ईस्लाम, श्रीलंकाबाट महम्मद मुम्ताज, युकेबाट जफरुल हसन लगायतको सहभागीता हुने जनाइएको छ ।
सो सम्मेलनमा नेपालका ७७ वटै जिल्ला एवं भारत, बंगलादेश, साउदी अरब, कोयत, दुबई तथा अन्य देशहरुबाट गरी करिब एक लाख भन्दा बढिको सहभागीता हुने बताउदै अजिजुर्रहमान तुरबत मदनीले सो सम्मेलमा करिब ४० लाख खर्च हुने बताए ।
नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीको व्यवस्थापनमा हुन गईरहेको सो सम्मेलनमा देश–विदेशका प्रसिद्ध विद्धानहरू, इस्लाम तथा विभिन्न धर्मका प्रवचकहरू, राजनितिज्ञ, समाजसेवी, बुद्धिजिबी, पदाधिकारिहरू तथा लेखक र इस्लामि कविहरूको उपस्थिति हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा मौलाना महम्मद हारुन सलफीले इस्वी सम्व १९८९ मास्थापना भएको संस्था “मरकजी जमियते अहले हदीस नेपाल“ स्थापनाकाल देखि नै आफ्नो उद्देश्य र लक्ष्य प्रति सफलता प्राप्त गर्न निरन्तर प्रयासरत रहदै आएको छ, जसमा बिभिन्न समयमा प्रशिक्षक तथा इमाम हररूको नियुक्ति, इस्लामि धार्मिक किताब हरूको प्रकाशन तथा वितरण, नेपालि भाषामा कुरआनको अनुवाद र “किङ्ग फहद कुरआन प्रन्टिङ कम्प्लेकस” बाट त्यसको प्रकाशन तथा वितरण, संस्था कार्यालयाको निम्ति भवनको खरिदारि र २०१८ मा “इस्लाम दयाको धर्म“ विषय अन्तर्गत भएको कार्यक्रम उल्लेखनिय छ । सम्मेलनको लागि वीरगंज महानगरपालिकाले शौचाल्य तथा खानेपानीको व्यवस्थापनमा सहयोग गरेको, आफ्नो खेतमा अन्नबाली नलगाइ जग्गा उपलब्ध गराई सहयोग गर्ने सानो पिपरा, ठुलो पिपरा, नयाँ बस्ती, राधेमाई र बहुअरीका स्थानियबासीहरु, श्रमदान गर्ने सम्मपूर्णमा धन्यबाद ज्ञापन गरेका थिए ।
नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीका अध्यक्ष खालिद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा शम्सेद अख्तर, समाजसेवी अबुलखैर अंसारी लगायत स्थानियबासीहरुको सहभागीताका रहेको थियो ।
कार्यक्रमको सञ्चालन सम्मेलनका मिडिया सँयोजक एसएम जहाँगस्तले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…