सलहेश मेलाका श्रद्धालुहरुलाई जनमत पार्टीको 'निःशुल्क खानेपानी'
सलहेश बाबाको मन्दिरमा दर्शन गर्न आसपासका गाउँबाट हजारौंको सँख्यामा श्रद्धालुहरु ओर्लने गर्छन् ।

२०७६ बैशाख २ सोमबार, दिउँसो ३:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेशको शितलताको पर्व जुडशितलको अवसरमा सिरहाको मिर्चैयामा लाग्ने सलहेश मेला भर्न आएका श्रद्धालुहरुका लागि जनमत पार्टी सिरहाले निःशुल्क खानेपानीको व्यवस्था गरेको छ ।
मिर्चैयामा आयोजित सलहेश मेला हेर्नका लागि आएका श्रद्धालुगणहरुलाई सहजताको दृष्टिकोण तथा सेवाको भावले मेला स्थल सहलेश चोकमै खानेपानी सहित जनमत पार्टीका कार्यकर्ताहरु सेवामा जुटेका हुन् ।
कुनै प्रकारको शूल्क नलिईकनै खानेपानी लिएर सेवामा जेटेका जनमत पार्टीका स्वमँसेवकहरुले मेलामा आएका श्रद्धालुहरुलाई आग्रह गर्दै पानी ग्रहण गराइने गरेका छन् । उनीहरुले तिर्खाएका बखत पानी ग्रहण गर्न श्रद्धालुहरुलाई आग्रह गरेका छन् ।
खानेपानी शिविरका लागि चाहिने आवश्यक पानी मिर्चैयाको यूनिक गिफ्ट सेन्टर एण्ड ईलेक्ट्रोनिक्सका सँचालक सुमेश साह र आरुषी फेन्सी एण्ड जेनरल स्टोर्सका सँचालक अरुण सहनीले सहयोग गरेको जनमत पार्टीका नेता रुकेश साहले जानकारी दिए ।
तराई मधेशको विभिन्न क्षेत्रमा परम्परागत रुपमा मनाईदै आइएको जुडशितल पर्वको अवसर पारेर मिर्चैयामा दशकौंदेखि सलहेश मेला आयोेजन हुँदै आएको छ । मिर्चैयास्थित सलहेश चोकमा रहेको सलहेश बाबाको मन्दिरमा दर्शन गर्न जुडशितलको दिन लाग्ने मेलामा आसपासका गाउँबाट हजारौंको सँख्यामा श्रद्धालुहरु ओर्लने गर्छन् ।
यो मेला अन्य वर्ष एकदिनको लागि मात्र आयोजन हुने गरिएपनि यस वर्ष भने २ दिनसम्म चल्नेछ ।
श्रद्धालुहरुको सेवाका लागि जनमत पार्टीले चलाएको खानेपानी शिविर मेला समाप्तिसम्म चल्ने साहले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…