नयाँ वर्षको विहानै दुःखद खवर : विमान दुर्घटना हुँदा तीन जनाको मृत्यू !
प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको रिपोर्ट छ।

२०७६ बैशाख १ आइतबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नयाँ वर्ष २०७६ को उमँगमा मनाइरहदाँ समिट एयरको विमान दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यू भएको खवर छ ।
समि एयरको नाइन एन–ए एम एच कलसाइन विमान लुक्लामा हेलिकप्टरसँग ठोक्किन जाँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये तीनजनाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइदैँ छ ।
विमान उडान भने क्रममा पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको हो । मौसममा आएको खराबीले विमान दुर्घटना भएको आशंका गरिएको छ । यसरी मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गंभिर घाइते रहेको बताइएको छ।
प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको रिपोर्ट छ। दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…