डा. सिके राउतको जनसभामा ओर्ले जनसागर, मधेश गानले गरियो स्वागत !
हजारौं हजारको संख्यामा उनका समर्थक ओर्लेका छन् ।

२०७५ चैत ३० शनिबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीद्धारा सिरहाको मिर्चैयामा आयोजित विशाल जनसभा सुरु भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दिप प्रज्वलन गरेपछि र रातो साडीचोलोमा सजिएका पञ्चकन्याले मधेश स्वागत गान गाएसँगै कार्यक्रम सुरु भएको हो ।
कार्यक्रम सुरु हुनुअघि सहिदको सम्मानमा १ मिनेट मौन धारण समेत गरिएको थियो ।
डा. राउतको सम्बोधन सुन्नका लागि हजारौं हजारको संख्यामा उनका समर्थक ओर्लेका छन् ।
भारी जनमानस उपस्थित रहेकोे उक्त विशाल सभालाई सुरक्षा व्यवस्थाको दृष्टिकोणले दुरुस्त बनाउन नेपाल प्रहरी सुरक्षा दिइरहेका छन् भने उनका आफ्नै सुरक्षागार्डहरु समेत तैनाथ छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…