हावाहुरीले भत्केका सबै घरटहरा सरकारले बनाउने ओली सरकारको घोषणा
नेकपा संसदीय दलका नेतासमेत रहेका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गरेका छन् ।

२०७५ चैत १८ सोमबार, दिउँसो ४:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुगेका छन् ।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै बाराको हुरीबतास क्षेत्र प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका छन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिएका हुन । गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ ।
गृह मन्त्रालले बारा र पर्सामा हावाहुरीले क्षति पुर्याएका सबै घरटहरा निर्माण गर्ने घोषणा गरेको छ। घटनास्थलको निरीक्षणका लागि सोमबार बारा पुगेका गृहसचिव प्रेम कुमार राईले उक्त घटना अत्यन्तै दुःखद भएको र त्यसले पुर्याएका सबै घरटहरा सरकारले निर्माण गर्ने बताए । नेकपा संसदीय दलका नेतासमेत रहेका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गरेका छन् ।
राईका अनुसार अहिले गृहमन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको र एकिन तथ्याङ्क आउनासाथ भत्किएका सबै घरटहरा गृहमन्त्रालयले निर्माणको कार्य थालनी गर्नेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…