मधेश सरकारको घोषणा : हावाहुरीले मृृत्यू भएका मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ
उक्त प्रकोपमा परी घाईते भएकाहरुको उपचार विभिन्न अस्पतालमा भईरहेको छ ।

२०७५ चैत १८ सोमबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार आएको भिषण हावाहुरीका कारण मृत्यू भएका मृतक परिवारलाई मधेश सरकारले राहत घोषणा गरेका छन् ।
सोमबार विहानै डाएिको आपत्तकालिन बैठकबाट उक्त दैविक प्रकोपमा परी मृत्यू भएका पीडित परिवारहरुलाई जनही राहत स्वरुप ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
करिब एक घण्टासम्म चलेको छलफलपछि मन्त्रपरिषद्ले उनीहरुलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट अहिलेसमम ३१ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने ५०० बढी व्यक्तिहरु घाईते भएका छन् । हालाकी २८ जनाको मृत्यूको पुष्टि प्रदेश सरकारले गरिसकेको छ भने ३१ जनाको अधिकारीक पुष्टि हुन बाँकी छ ।
उक्त प्रकोपमा परी घाईते भएकाहरुको उपचार विभिन्न अस्पतालमा भईरहेको छ । असिनापानीका साथै आएको भिषण हावाहुरीले विजुलीको पोल, घर टहरालाई बर्बाद पारेका छन् ।
मधेशको बारामा दैविक कहर : राहतको लागि मन्त्रीपरिषद्को आकस्मिक बैठक !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…