प्रहरी चौकी नजिकै सुरुङ खनेर लाखौं चोरी
गणेश कुमार ठाकुर(शर्मा) सिरहा, पुस ५ गते । सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ । अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको छ । सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो । यस्तै राम बह

२०७४ पुस ५ बुधबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ

गणेश कुमार ठाकुर(शर्मा) सिरहा, पुस ५ गते ।
सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ । अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको छ ।
सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो । यस्तै राम बहादुर राउत र जय किशोर महराको घरमा सुरुङ खनेका छन् । सरोजको घरवाट १ लाख २० हजार नगद, आधा तोलाका सुनका गरगहना र लत्ताकपडा चोरी गरेका छ्न् ।

धर्मेन्द्रको घरवाट २० हजार नगद र आधा तोला सुनका तिलहरी, प्रेमा यादवको घरवाट ४० हजार, रामपुजन घरवाट ४० हजार नगद, सुनका आधा तोलाका गरगहना चोरी गरेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ । प्रहरी चौकी देखि २ सय मिटरको दुरिमा सुरुङ खनेर चोरी भएको छ । एक महिना पहिले पनि कर्जन्हा नगरपालिका ७ मा ५ घरमा चोरी भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…