रणभूमी बन्यो बारा : प्रहरी र विद्यार्थीबीच भँयकर झडप, कयौँ अस्पताल भर्ना !
त्यहाँको अवस्था झनै तनावग्रस्त बनेको छ ।

२०७५ चैत १६ शनिबार, दिउँसो ३:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश २ मा एसईई परीक्षा रद्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच बारामा भयँकर झडप भएको छ । जिम्मेवार निकाय र सरकारले प्रदेश २ का विद्यार्थीको भविष्यसँग खेलवाड गरेको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थी र सुरक्षाकर्मीबीच आज बाराको कलैया र जितपुरमा झडप हुँदा रणभूमीमा परिणत भएको छ ।
विद्यार्थीहरुले गरिरहेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि झडप भएको हो । आन्दोलनकारी विद्यार्थी र सुरक्षाकर्मीबीच भएको झडपमा परी दर्जनबढी विद्यार्थी र आधा दर्जन सुरक्षाकर्मी घाइते भएको बताइएको छ । घाइतेहरुको वीरगँज र स्थानीय स्तरको अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारी विद्यार्थीहरुले बाराको जितपुरमा सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरको ना १ झ ७१२ नम्बरको सरकारी गाडीमा आगजनी र तोडफोड समेत गरेका छन् । उनीहरुले अन्य गाडीहरुमा समेत तोडफोड गरेको बताइएको छ ।
झडप उग्र रुप लिएपछि प्रहरीले आश्रु ग्यास समेत प्रहार गरेको छ । त्यहाँको अवस्था झनै तनावग्रस्त बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…