एसईईको बाँकी सबै परीक्षा स्थगित, अब कहिलेदेखि हुने बाँकी परीक्षा ?
परीक्षा अगावै आउट हुनथालेपछि अर्को प्रश्नपत्र छपाएर मात्र परीक्षा सँचालन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

२०७५ चैत १५ शुक्रबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को विभिन्न जिल्लाहरुबाट चरणवद्ध रुपमा प्रश्नपत्र आउट हुन थालेपछि एसईईको बाँकी परीक्षा स्थगित गरिएको छ ।
प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बाँकी बसेका सबै विषयका परीक्षाहरु आउँदो चैत्त २२ गतेदेखि मात्र सँचालन गर्ने निर्देशन दिएका छन् । विभिन्न ठाउँबाट परीक्षा हुनु अगावै प्रश्नपत्र आउट हुन थालेपछि प्रदेश सरकारले बाँकी सबै विषयका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
प्रदेश नं. २ का शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बाँकीको सबै परीक्षा २१ गते चैत्तसम्मको लागि स्थगित गरिएको जानकारी दिएका छन् । उनले विभिन्न विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै आउट हुनथालेपछि अर्को प्रश्नपत्र छपाएर मात्र परीक्षा सँचालन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
यो पनि पढनुहोस् : मधेश सरकारलाई बदनाम गर्न सुनुयोजित तरिकाले प्रश्पत्र आउट : मुख्यमन्त्री राउत
न्यूज ब्यूरोसँग कुराकानी गर्दै निर्देशक शर्माले प्रदेशको विभिन्न जिल्लाहरुबाट सुनुयोजित तरिकाले प्रश्नपत्र आउट हुन थालेपछि यसबाट परीक्षा प्रभावित हुने जनाउँदै बाँकी सबै विषयको परीक्षा आगामी चैत्त २२ गतेदेखि मात्र सँचालन हुने बताए । उनले अँग्रेजी, नेपाली र गणित विषय बाहेकका विषयको परीक्षा २२ गतेदेखि सुचारु गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
यो पनि पढनुहोस् : परीक्षार्थीको आन्दोलनले जनकपुर तनावग्रस्त, मुख्यमन्त्री कार्यालयमा ढुँगामुढा !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…