एसईई दिने परीक्षार्थीद्धारा जनकपुरमा चक्काजाम !
चक्काजामका कारण सवारी आवतजावतमा कठिनाई भएको छ भने जाम खुलाउन प्रहरीको टोली धर्नास्थल पुगेका छन् ।

२०७५ चैत १५ शुक्रबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसईई दिरहेका परीक्षार्थीहरु जनकपुरको थापाचोकमा चक्काजाम गरेका छन् । उनीहरु हामीलाई न्याय चाहियो भन्दै नारा लगाउँदै बीच सडकमै धर्नामा बसेका छन् ।
विहान समाजिक विषयको परीक्षा स्थगित भएपछि आन्दोलनमा उत्रेका परीक्षार्थीहरुले जनकपुरका शैक्षिक सँस्थानहरु बन्द गराएका थिए भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत ढुँगामुढा गरेको थियो । बुधबार विहिबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा समेत रद्द गरेपछि आक्रोसित बनेका विद्यार्थीहरु पुनः धर्नामा बसेका छन् ।
समाजिक सँजालमा भोली शनिबार हुने स्वास्थ्य तथा जनसँख्या विषयको परीक्षाको प्रश्नपत्र आउट भएको अफवाह चलेपछि उनीहरु पुनः तातिएका छन् । उनीहरुले एक जनाको गल्तीलाई हामी सबैको भविष्य अन्यौल गर्ने अधिकार कसैको नरहेको भन्दै हामीलाई न्याय चाहियो भनेर जुलुस तथा प्रदर्शन गरिरहेका छन् ।
उनीहरु थापाचोकको बीच बाटोमै बसेर चक्काजाम गरेका छन् । चक्काजामका कारण सवारी आवतजावतमा कठिनाई भएको छ भने जाम खुलाउन प्रहरीको टोली धर्नास्थल पुगेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…